सेञ्चुरी कमर्सियल बैंकले ४५ करोड ७६ लाख लाभांश बाँड्ने

१५ मंसिर, काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल ४५ करोड ७६ लाख ९४ हजार रुपैयाँ लाभांश बाँड्ने भएको छ ।

सेञ्चुरी कमर्सियल बैंकको बुधबार बसेको ३७२औं सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनताफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी चुक्ता ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार १५८ रुपैयाँ रहेको छ । जसअनुसार बैंकले चुक्ता पुँजीको ४.७५ प्रतिशतले हुन आउने ४५ करोड ३८ लाख १० हजार ६४६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५ प्रतिशतले हुन आउने रकम २ करोड ३८ लाख ८४ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्नेछ ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड १ः१ अनुपातको सेयर स्वाप रेसियोमा मर्जरको क्रममा रहेका छन् । दुई ब२०७ैंकबीच गत साउन १५ गते प्राप्ति सम्बन्धी सहमती भएको थियो । सम्झौता अनुरुप प्रभु बैंकले सेञ्चुरी बैंकलाई आगामी पुस मसान्तभित्रै प्राप्ति गरेर एकिकृत कारोबार गर्नेगरी प्रक्रिया अगाडि बढाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment