नेपाली युवा उद्यमी मञ्च र लिडरसिप एकेडेमी नेपालके लर्निंग र डेभलपमेन्टको क्षेत्रमा सहकार्य गर्ने

१३ मंसिर, काठमाडाैं । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) र लिडरसिप एकेडेमी नेपाल (एलएएन) ले लर्निंग एण्ड डेभलपमेन्टको क्षेत्रमा सहकार्य गर्ने भएका छन् ।

लिडरसिप एकेडेमी नेपालको कार्यालय मण्डिखाटार, काठमाडौंमा आयोजित विशेष कार्यक्रममा मञ्चका अध्यक्ष रितेश लामिछाने र एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अरुण आर. जोशीले सम्बन्धित संस्थाको तर्फबाट २३ नोभेम्बर, २०२२ मा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका निवर्तमान अध्यक्ष उदीप श्रेष्ठ, मञ्चका प्रथम उपाध्यक्ष सहारा जोशी, मञ्चका सदस्य निर्देश द्वा, एलएएनका सीओओ जयेन्द्र रिमाल र लिडरसिप एकेडेमी नेपालका सुमन न्यौपानेको उपस्थिति रहेको थियो ।

समझदारीको मुख्य जोड नेपाल र दक्षिण एसिया क्षेत्र र अन्यत्रमा दक्ष र विश्वव्यापी प्रतिस्पर्धात्मक मानव पूँजीको विकासलाई गति दिनको लागि सबैभन्दा आधुनिक प्रविधि, शिक्षाशास्त्र र शीर्षस्तरीय प्रशिक्षण स्रोतहरूको प्रयोगमा केन्द्रित स्रोतहरू साझा गर्न, नवीन शिक्षा र क्षमता विकास र प्रशिक्षण कार्यक्रमहरू डिजाइन गर्न मद्दत गर्नु रहेकाे छ ।

नेपाली युवा उद्यमी मञ्च र लिडरसिप एकेडेमी नेपालले नेपाल र विश्वभर आफ्नो पहुँच र पदचिह्न बृद्धि गर्न विश्वका नेताहरू, संस्थाहरू, र नेटवर्कहरूसँग सम्पर्क र तालमेलहरू निर्माण गरेर स्रोतहरू साझेदारी गरेर वा कार्यक्रमहरू संयुक्त रूपमा व्यवस्थापन गरेर पनि लाभ उठाउनेछन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment