लिवर्टी इनर्जी ६८ लाख नोक्सानीमा

१३ मंसिर, काठमाडाैं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले नोक्सानी ब्यहोरेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी ६७ लाख ९५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आवको सोही अवधिमा कम्पनी ७७ लाख रुपैयाँ नोक्सानीमा थियो । गत आवको तुलनामा कम्पनीको खर्च घट्दा नोक्सानी सुधारिएको छ ।

कम्पनीले निर्माण गरेको हाइड्रोपावरले हालसम्म विद्युत उत्पादन सुरु गरेको छैन । लिवर्टी इनर्जीलिमिटेडले लमजुङ्ग जिल्लामा २५ मेगावाट क्षमताको माथिल्लो दोर्दीखोला ए जलविद्युत आयोजना निमार्ण सम्पन्न गरी असोज अन्तिमदेखि बिजुलीको परीक्षण उत्पादन थालेको छ ।

लिवर्टी इनर्जी हाइड्रोपावरले निर्माण गरेको दोर्दी गाउँपालिका–६ ढोडेनीमा स्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना एक महिनाअघि निर्माण सम्पन्न भएको थियो । सो आयोजनाको २०७१ सालदेखि निर्माण थालनी गर्दै २०७४ सालमा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तर भूकम्पपछिको अघोषित नाकाबन्दी र २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा आयोजना निर्माण सम्पन्न हुन नसकेको हो। आयोजनामा १२.५ का दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन भएको छ ।

पहिलो त्रैमासको वित्तीय विवरण अनुसार लिवर्टी इनर्जीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहँदा जगेडा कोष १८ करोड ६१ लाख ७८ हजार रुपैयाँले ऋणात्मक छ । असोज मसान्तसम्मको अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ४५ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ८७ रुपैयाँ ५९ पैसा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepal
Comments (0)
Add Comment