एमालेले सहयोग नगर्दा चुनाव हारेँ तर जनताको सदैव रक्षा गर्ने छु : हृदयेश त्रिपाठी

१२मंसिर, काठमाडौँ । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री हृदयेश त्रिपाठीले आफू निर्वाचनमा पराजित भए पनि राजनीतिमा पराजित नभएको प्रतिक्रिया दिएका छन्।

उनले सहयात्री दल नेकपा (एमाले)को नेतृत्व पङ्क्तिबाट निर्वाचनमा आफूलाई असहयोग भएको आरोप लगाए।

त्रिपाठी एमालेको समर्थनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए। उनलाई नेपाली काँग्रेसका उम्मेदवार विनोद चौधरीले पराजित गरेका हुन्।

नेता त्रिपाठीले आज परासीमा पत्रकार सम्मेलन गर्दै निर्वाचनमा हारे पनि जनताको सेवा र प्राप्त उपलब्धिको रक्षा गर्न आफू सदैव सक्रिय रहने बताए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment