नारायणी अस्पतालमा स्थापित ओसीएमसीले ३९५ जनालाई दियो सेवा

११ मंसिर, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा स्थापना गरिएको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)ले स्थापनायता ३९५ जनालाई सेवा प्रदान गरेको छ ।

०७८ पुसमा स्थापना भएको केन्द्रले विभिन्न लैंगिक हिंसामा परेका ३९५ जनालाई सेवा प्रदान गरेको हो ।

जर्बजस्ती करणीमा परेका ९७ वटा, शारीरिक हिंसामा परेका २७९ जना, मानसिक दुर्व्यवहारमा परेका ११ जना, अधिकार स्रोतबाट वञ्चित ४ जना, बहुविवाह र रुढीवादी परम्पराका कारण पीडित भएका ४ जनालाई सेवा दिइएको केन्द्रकी इन्चार्ज अहेमा थापाले जानकारी दिइन् । सेवा लिनेमध्ये ३५ जना पुरुष छन् भने बाँकी सबै महिला रहेको उनको भनाइ छ ।

त्यस्तै केन्द्रले १९६ जनालाई मनोसामाजिक परामर्श समेत दिएको उनले बताइन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment