आशा लघुवित्त र राजेन्द्र श्रेष्ठ उत्कृष्ट करदाताको रुपमा सम्मानित

११मंसिर, काठमाडाैं । नुवाकोट, रसुवा र धादिङबाट गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने उद्योग व्यापार सेवा र सार्वजनिक संस्थाका दुई करदाता सम्मानित भएका छन्

करदाता सेवा कार्यालय गल्छीले उद्योग व्यापार सेवातर्फ नुवाकोटको विदुर नगरपालिका–४ मा रहेको ओम शिवशक्ति सप्लायर्सका सञ्चालक राजेन्द्र श्रेष्ठ र सार्वजनिक संस्थातर्फ नुवाकोटको ककनी गाउँपालिका–६ मा मुख्य कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्थालाई सम्मान गरेको हो ।

कर कार्यालयका प्रमुख प्रेमकुमार श्रेष्ठका अनुसार सर्वाधिक कर तिर्ने करदातालाई प्रोत्साहन र उद्योगी÷प्रतिष्ठानलाई करको दायरामा ल्याउनलाई जागरुक बनाउने उद्देश्य अनुरुप राष्ट्रिय कर दिवस–२०७९ को अवसरमा तीन जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गर्नेलाई सम्मानपत्र प्रदान गरिएको हो ।

‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने नारासहित यो वर्ष मनाइएको कर सप्ताह आमनिर्वाचनका कारण नियमित कार्यक्रम प्रभावित भए पनि करको दायरा सम्बन्धी अन्तक्रिया, छलफल, कर शिक्षा प्रवाहसहित उत्कृष्ट करदातालाई सम्मान गरेर मनाइएको छ ।

नेपालमा विसं २०५४ मा आधुनिक करको रूपमा मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याएसँगै यसलाई दिवस सहित सप्ताहव्यापी रूपमा मनाउन थालिएको हो



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNews
Comments (0)
Add Comment