समानुपातिकतर्फ ८४ लाख मतगणना हुँदा कसको कति?

११ मंसिर, काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको मतगणना जारी छ।

समानुपातिकतर्फ मध्याह्न १२ बजेसम्म ८४ लाख २१ हजार सात सय ५३ मतगणना भएको निर्वाचन आयोगले जनाएको छ।पछिल्लो अपडेट अनुसार अहिलेस्म भएको गणनामा नेकपा एमाले २३ लाख १६ हजार ७३६ मत पाउँदै पहिलो स्थानमा छ।

यस्तै दोस्रोमा रहेको कांग्रेसले २२ लाख १८ हजार ७४६ मत प्राप्त गरेको छ। नेकपा माओवादी केन्द्रले भने ९ लाख ८६ हजार ३१६ मत पाएको छ। यस्तो चौथो नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २८ हजार १२४ मत ल्याउँदै माओवादी केन्द्रलाई पछ्याइरहेको छ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ८७ हजार आठ सय ५५ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीले दुई लाख ८९ हजार आठ सय ६८ मत प्राप्त गरेको छ।

नेकपा एकीकृत समाजवादीले दुई लाख २४ हजार एक सय ७१ मत प्राप्त गरेको छ। आयोगका अनुसार जनमत पार्टीले दुई लाख २३ हजार नौ सय ७९, नागरिक उन्मुक्ति पार्टीले एक लाख ९८ हजार ३४, लोकतान्त्रिक समााजवादी पार्टीले एक लाख २० हजार आठ सय ४८, नेपाल मजदूर किसान पार्टीले ७० हजार २२, हाम्रो नेपाली पार्टीले ४७ हजार नौ सय ७१, राष्ट्रिय जनममोर्चाले ४३ हजार एक सय १६ र मङ्गोल नेशनल अर्गनाइजेशनले ४३ हजार ९८ मत प्राप्त गरेका छन्।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ दलमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार तीन सय ७४ मत प्राप्त गरेको छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment