मित्रनगरको सालैजो रोधी घरबाट सात जुवाडे पक्राउ

११ मंसिर, काठमाडौं । प्रहरीले तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सालैजो रोधी घरबाट ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीले सोही स्थानमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२६ गोंगबु बस्ने ४९ वर्षीय सूर्य गुरूड समेत गरेर ७ जनालाई शनिबार साँझ पक्राउ गरेको जनाएको हो ।

उक्त रोधी घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८३ हजार ४ सय रुपैयाँ र ६ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment