जोन्टा क्लब अफ काठमाडौंद्वारा लैङ्गिक हिंसाविरुद्ध वाकाथन

१० मंसिर, काठमाडौं । जोन्टा क्लब अफ काठमाडौंले शनिबार महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि सक्रियता प्रवर्द्धन गर्न वाकाथन आयोजना गरेको छ।

दरबारमार्गबाट सुरु भएको वाकाथनमा ५०० भन्दा बढी सहभागीहरुले वसन्तपुर दरबार स्क्वायरतर्फ हिँडेर लैङ्गिक हिंसाविरुद्धको सशक्त सन्देशसहितको सडक नाटक प्रस्तुत गरेका थिए।

वाकाथन संयुक्त राष्ट्र संघको लैङ्गिक हिंसा विरुद्धको १६ दिने सक्रियता २५ नोभेम्बर देखि १० डिसेम्बर २०२२ सम्म मनाइनेछ। यो वर्ष, संयुक्त राष्ट्र संघले १६ दिने ‘एकता! महिला र केटीहरुविरुद्ध हिंसा अन्त्य गर्न’ पहल गर्ने छ।

‘१६ दिने सक्रियताले हामीलाई एकताबद्ध हुन र लैङ्गिक हिंसाविरुद्ध आवाज उठाउने मञ्च दिन्छ। जीवनका सबै क्षेत्रका महिलाहरूले दुर्व्यवहारको सिकारको ठूलो हिस्सा बन्न बाध्य भएका छन्। आगामी १६ दिनमा यस वाकाथन र अन्य कार्यक्रमहरूमार्फत्, हामी यस विषयमा सतर्कता सिर्जना गर्ने र घरेलु हिंसाबाट बचेकाहरूलाई समर्थन गर्ने, लैङ्गिक हिंसा अन्त्य गर्न काम गर्ने, कार्यकर्ताहरूलाई एकताबद्ध गर्ने र महिला अधिकार आन्दोलनको लागि एकता सिर्जना गर्ने कुरामा प्रकाश पार्ने र्छौं,’ जोन्टा क्लब अफ काठमाडौंको अध्यक्ष आभा शाहले भनिन्।

यस्तै जोन्टा इन्टरनेशनल जिल्जा २५ कि गभर्नर सिर्जना राणाले लैङ्गिक हिंसा एक गम्भीर मानवअधिकार उल्लङ्घन भएको जसले महिलाको कल्याण र उत्पादनशील जीवन जिउने क्षमतालाई असर गर्ने बताइन्।

‘परिवारलाई पनि असर गर्छ र उत्पादकतामा कमी र जीविकोपार्जनका अवसरहरू सहित ठूलो प्रभाव पार्छ। प्रत्येक महिलालाई हिंसामुक्त जीवन जिउने अधिकार छ। यस वाकाथनको माध्यमबाट जोन्टा क्लबले प्रभावकारी रुपमा सञ्चारमाध्यम र युवाहरूलाई लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउन आह्वान गरेको छ,’ उनले भनिन्।

जोन्टाले १६ दिने अभियान अवधिमा सिनेमाघरहरूमा प्ले भइरहेका चार छोटो फिल्महरू देखाइरहेको छ। यसै पहल अन्तर्गत, जोन्टाले काठमाडौं र आसपासका विद्यालय र सार्वजनिक स्थानहरूमा सडक नाटकहरूको शृंखला र छलफलहरू आयोजना गर्ने जनाएको छ। वाकाथनको नेतृत्वमा, जोन्टाले लैङ्गिक-आधारित हिंसा विरुद्ध वकालत गर्न र बोल्ने महत्त्वको बारेमा सचेतना जगाउन पनि जुट्ने विश्वसा लिइएको छ।

कुमारी बैंक, जेजीआई फाउन्डेसन, लक्ष्मी बैंक, केटीएम सिटी, लिबर्ड, वेल्ट हङ्गर हचलाइफ, जर्मन कोअपरेसन र एकवा हन्ड्रेडको सहयोगमा वाकाथन आयोजना गरिएको हो।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment