बीमा कम्पनीको एक प्रतिशतभन्दा बढी सेयर खरिदकर्ताले प्रहरी प्रतिवेदन बुझाउनुपर्ने

०८ मंसिर, काठमाडाैं । अब देखि बिमा कम्पनीको एक प्रतिशतभन्दा बढी सेयर खरिद गर्न चाहने व्यक्तिले नेपाल बिमा प्राधिकरणसँग स्वीकृति लिनुपर्नेछ । प्राधिकरणसँग स्वीकृति लिदा खरिदकर्ताको अनिवार्य रुपमा प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने भएको छ ।

प्राधिकरणले बीमा कम्पनीमा हुने सक्ने सम्पति शुद्धिकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानीलाई निरुत्साहीत गर्न यस्तो खालको व्यवस्था गरेको हो । प्राधिकरणले सबै बीमा कम्पनीलाई पत्राचार गरी यस्तो खालको व्यवस्था गर्न आदेश दिएको छ ।

त्यस्तै, बीमा कम्पनीका कर्मचारी तथा बीमा अभिकर्तालाई अनिवार्य रुपमा सम्पति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्न समेत निर्देशन दिएको छ । बीमा कम्पनीका सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्ती गर्दा सम्बन्धित व्यक्तिको अपराधिक पृष्ठभूमिबारे जानकारी लिन प्रहरी प्रतिवेदन अनिवार्य गर्नुपर्ने प्राधिकरणले व्यवस्था गरेको छ ।

प्राधिकरणले गरेको नयाँ व्यवस्था अनुसार २५ लाख रुपैयाँ भन्दा बढी बीमाङ्क कायम गरी जारी हुने जीवन बीमालेखमा इच्छाईएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजपत्र पनि अनिवार्य रुपमा कम्पनीलाई बुझाउनु पर्ने भएको छ । त्यस्तै, मनोनित उल्लेख गर्दा सो व्यक्ति उच्च राजनैतिक भए नभएको समेत स्पष्ट पार्नुपर्नेछ । मनोनित गर्ने व्यक्तिको पहिचान खुल्ने गरी स्पष्ट कागजसहितको परिचय पत्र समेत बुझाउनु पर्ने भएको छ ।



मल्टिमिडिया ग्यालरी

businessnepalNewsPolitic
Comments (0)
Add Comment