पिपुल्स हाइड्रोको आईपीओ बाँडफाँड हुँदै, कतिले पाउँछन् ?

०७ मंसिर, काठमाडाैं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज मंसिर ७ गते बुधबार बाँडफाँड हुँदैछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार क्यापिटलकाे कार्यालय, नक्साल, काठमाडौँमा दिउँसो ४ बजे सेयर बाँडफाँडको समय तय गरिएको छ ।

कम्पनीले कात्तिक २५ गतेदेखि कार्तिक २९ गते मंगलबारसम्म सर्वसाधारणका लागि कुल ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्कासन गरेको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएर अवितरित ८ लाख ६ हजार ३९० कित्ता सहित कुल ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ८० हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

सर्वसाधारणबाट ५१ लाख ५७ हजार ८८० कित्ता सेयरका लागि आवेदन माग गरिएकोमा अन्तिम दिनसम्ममा १२ लाख ३४ हजार ३१० जना लगानीकर्ताहरूले १ अर्ब ४६ करोड २७ लाख ३९ हजार रूपैयाँ बराबरको १ करोड ४६ लाख २७ हजार ३९० कित्ताका लागि आवेदन दिएका छन् ।

कतिले पाउँछन् सेयर ?

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हरेक लगानीकर्तालाई न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँड गर्नुपर्ने हुन्छ ।

आवेदक संख्या उच्च भएर प्रत्येक लगानीकर्तालाई १० कित्ताका दरले बाँडफाँड गर्न अपसग भएमा गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिन्छ । कम्पनीले ५१ लाख ५७ हजार ८८० कित्ता सेयर खरिदका लागि सर्वसाधारणका लागि निष्कासन गरेको थियो । १० कित्ताका दरले सेयर बाँड्दा ५ लाख १५ हजार ७८८ जनाले मात्र सेयर पाउनेछन् ।

प्रारम्भिक तथ्याङ्क अनुसार आईपीओ खरिदका लागि कुल १२ लाख ३४ हजार ३१० वटा आवेदन परेकाले ७ लाख १८ हजार ५२२ जनाको हात खाली हुनेछ । सेयर नपाउने यो सङ्ख्या कुल आवेदन संख्याको ५८.२१ प्रतिशत हो । प्रारम्भिक तथ्याङ्कलाई आधार मान्दा कुल आवेदकको ४१.७९ प्रतिशतले मात्र सेयर पाउने देखिन्छ । यद्यपी अन्तिम तथ्याङ्क अनुसार दोहोरो र रितपुर्वक नपरेको आवेदन रद्द हुँदा सेयर नपाउनेको संख्यामा भने केही फरक पर्न सक्नेछ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment