नवलपुर प्रदेशसभाका दुई क्षेत्रमा एमालेको जित

०७ मंसिर, पोखरा । नवलपुर–२ का दुवै प्रदेश सभामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर २ (१) मा एमालेकी पद्या जिसी र (२) मा लक्ष्मण पाण्डे विजयी भएका हुन्।

जिसीले १९ हजार ३ सय ७८ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका सौगम कुमार सिरपालीले १४ हजार ७ सय ४३ मत ल्याए।

प्रदेश (२) मा पाण्डे १८ हजार ८ सय ६ मत ल्याएर विजयी हुँदा उनको प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपाल खनालले १४ हजार ७ सय ६१ मत ल्याए।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment