बीएन्डबीले पोखरामा साढे एक अर्ब लागतमा रिर्सोट तथा अर्पाटमेन्ट निर्माण गर्दै

०६मंसिर, काठमाडाैं । बी एन्ड बी कम्पनीले पोखरामासाढे एक अर्ब लगानीमा बीएनबी लेक भ्यू रिसोर्ट अपार्टमेन्ट निमार्ण गर्दैछ ।

सन २०१८ मा दर्ता भएको बीएनबी कम्पनीले पोखरामा १ अर्ब ५३ करोड ८० लाख रुपैयाँ लगानीमा अपार्टमेन्ट निमार्ण गर्दैछ । निर्माणाधीन यस रिर्सोटको निर्माण रकम ३९ प्रतिशत कर्जा, २८ प्रतिशत सेयर र ३३ प्रतिशत हिस्सा अग्रिम बूकिङबाट रहेको छ ।

कम्पनीले विलासी अर्पाटमेन्ट–बी एन्ड बी लेक भिउ रिर्सोट अर्पाटमेन्ट निर्माणका लागि ६० करोड बैंकिङ कर्जा लिने भएको छ । ६० करोडको बैंकिङ कर्जाका लागि केयर रेटिङ नेपालले बी एन्ड बी लेकभीउ रिसोर्ट अर्पाटमेन्टलाई बी प्लस रेटिङ गरेको छ ।

६० करोड बैंकिङ कर्जा, ४३ करोड सेयर र ५० करोड ८० लाख प्रयोगकर्ताहरुको अग्रिम बूकिङ रकमबाट रिसोर्ट निर्माण कार्य अघि बढेको छ। कर्जा र सेयरको अनुपात कम हुनु र प्रयोगकर्ताहरुले गर्ने अग्रिम बूकिङ रकममा भर पर्नुले अर्पाटमेन्टको निर्माण कार्य सम्पन्न हुनु मै प्रश्न खडा गरेको छ ।

१ लाख ६५ हजार ५२८ वर्ग किलोमिटरमा निर्माण हुन लागेको बी एन्ड बी लेक भीउ अर्पाटमेन्टको क्षमता ११२ कोठाको रहेको छ । सन् २०२४को जुलाई महिनासम्ममा निर्माण कार्य सम्पन्न हुने भनिएको रिर्सोटको निर्माणकार्य सन् २०२२ को अक्टोबर महिनासम्ममा ३० प्रतिशत सम्पन्न भएको छ ।

यसैगरी हालको अवस्थामा रियल स्टेटको कारोबारमा आएको कमी र सरकारले रियल स्टेट कारोबारको पुँजीगत लाभ कर ५ प्रतिशतबाट वृद्धि गरी ७.५ प्रतिशत पु¥याएपछि कारोबार खुम्चिएको छ । यसका साथै अर्पाटमेन्टबाट नाफा कमाउन समय लाग्ने र दीर्घकालमा मात्रै मनग्य आम्दानी गर्न सकिने हुँदा आम्दानी सिर्जना गर्न कम्पनीलाई कठिन हुने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले ब्याजदर वृद्धि गरेका कारण कर्जामा निर्भर रहेको यस परियोजनाको चुनौती अझ थपिएको छ ।

तर रियल स्टेट क्षेत्रमा २० वर्ष लामो अनुभव बटुलेका होम बहादुर बसेल अध्यक्ष रहेको यस परियोजनामा अनुभवी प्रमोटर रहेका छन ।यस अर्पाटमेन्टका प्रमोटरहरु बी एन्ड बी हाउजिङ कम्पनी, बी एन्ड बी इन्जीनियरिङ ग्रुप र गन्डकी मेडिकल कलेज रहेका छन् ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट ८ किलोमिटरको दूरीमा निर्माण हुन लागेको बी एन्ड बी लेकभीउ रिसोर्ट अपार्टमेन्ट पोखरा घुमघाम गर्न र बिदा मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणमा रहने छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment