सिके राउतको निर्वाचन क्षेत्रमा प्रदेश सभाका दुवै सिटमा जनमत पार्टी विजयी

०६ मंसिर, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि चन्द्रकान्त राउत (सिके राउत) प्रतिस्पर्धी रहेको सप्तरी क्षेत्र नम्बर २ मा प्रदेश सभातर्फ दुवै सिटमा जनमत पार्टीका उम्मेदवार विजयी भएका छन्।

निर्वाचन आयोगले आधिकारिक रुपमा अन्तिम परिणाम घोषणा गर्न बाँकी रहे पनि सप्तरी २ अन्तर्गत प्रदेश सभा १ र २ मा मतगणना सकिएको छ। प्रदेश सभा १ मा सतिश कुमार सिंह र प्रदेश सभा २ मा महेश प्रसाद यादव विजयी भए।

प्रतिनिधि सभातर्फ क्षेत्रमा जनमत पार्टीका अध्यक्ष राउत जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो अन्तरले पछि पार्दै अगाडि छन्।



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarhealthnepalNews
Comments (0)
Add Comment