यस्तो काठमाडौको पछिल्लो मतपरिणाम, तीन क्षेत्रमा घण्टीको अग्रता

०५मंसिर, काठमाडाैं । काठमाडौको ७ मध्ये तीन क्षेत्रमा निर्वाचन चिन्ह घण्टी रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

अग्रता लिएको काठमाडौ– ६मा स्वतन्त्र पार्टीका शिशिर खनालले १७२ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सर्वेन्द खनालले १४३ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका भिमसेनदाश प्रधानले १०८ र राप्रपका विश्णु प्रसाद आचार्यले ३० मत प्राप्त गरेका छन् ।

काठमाडौ सातमा स्वतन्त्र पार्टीका गणेश पराजुलीले ६१५ मत लिएका छन् । नेकपा एमालेका स्यामकुमार घिमिरेले ५०९ र नेकपा माओवादी केन्द्रकी मानुशी यमी भट्टराईले ४५५ मत प्राप्त गरेकी छन् ।

काठमाडौ –८मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले ६२१ मत सहित अग्रता लिएका छन् । उनलाई हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६०३ र नेकपा एमालेका शिवसुन्दर राजबैधले ३०७ मत सहित पच्छाइरहेका छन् ।

काठमाडौ–९मा पनि रास्वपाका टेकबहादुर पोख्रेलले ५६१ मत पाएर नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठलाई चुनौति दिइरहेका छन् । श्रेष्ठले ५६४ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादीकी कल्पना धमलाले ३४५ मत प्राप्त गरेकी छन् ।

उता काठमाडौ–१ र ४मा भने नेपाली काँग्रेसले अग्रता लिइरहेको छ । १मा काँगेसका प्रकाशमान श्रेष्ठले ८१८, राप्रपाका रविन्द्र मिश्रले ७३५ र रास्वपाका पुकार बमले ५२८ मत प्राप्त गरेका छन् ।

यसैगरी काठमाडौ ४मा काँग्रेसका गगन थापाले ६६८ नेकपा एमालेका राजन भट्टराईले ६३३ र राप्रपाका ठाकुर मोहन श्रेष्ठले ६४ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । काठमाडौका क्षेत्र नं २,३,५ र १०मा अझै मतगणना सुरु भएको छैन ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNews
Comments (0)
Add Comment