काठमाडौं- १ को मतगणना सुरु

०५ मंसिर, काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ ले मतगणना सोमबार ९ बजेपछि सुरु भएको जानकारी दिएको हो ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना संघीय संसद् भवन नयाँ बानेश्वरमा भइरहेको हो ।

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका रमेश खरेललगायत उम्मेदवार छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment