काठमाडौ-३ को मतगणना सुरु हुँदै, चालिसे र राईमा कसले मार्लान् बाजी?

०५ मंसिर, काठमाडौं । काठमाडौँ क्षेत्र नं ३ मा अहिले बिहानदेखि मतगणना कार्य सुरु गर्ने तयारी भएको छ । सर्वदलीय बैठकले हिजाे नगरेर बिहानदेखि मात्रै मतगणना सुरु गर्ने प्रारम्भिक सहमति जुटाएको निर्वाचन अधिकृत मन्दिरा शाहीले बताइन् ।काठमाडौँ क्षेत्र नं ३ को मतगणना नारायणटारस्थित चामुण्डा माविमा हुनेछ ।यहाँ दल तथा स्वतन्त्रको गरी २३ जना चुनावी प्रतिस्पर्धामा रहँदा मुख्यगरी नेपाली कांग्रेसका सन्तोष चालिसे र एमालेका कृष्णबहादुर राईबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । तर यसपटक चालिसेले नै बाजी मार्लान् कि भन्ने धेरैको अनुमान छ ।निर्वाचन हो दावाका साथ भन्ने स्थिति भने छैन ।

काठमाडौंमा १० ठाउँमा मतगणना हुँदैछ । काठमाडौं क्षेत्र नं। १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुने जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । यसैगरी क्षेत्र नं। ५ को मतगणना टोखाको श्रीसमाज भवनमा, क्षेत्र नं। ६ को मतगणना धर्मस्थलीमा र क्षेत्र नं। ७ को मतगणना बालाजुको जुडो हलमा हुनेछ ।

क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको गितामाता स्कुलमा, क्षेत्र नम्बर ९ को मतगणना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्र नम्बर १० मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृती भवनमा हुने गरी तयारी गरिएको छ ।निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना गर्दा प्रत्यक्ष र समानुपातिकर्फको मतलाई एकै पटक चार स्थानमा गणना गर्न निर्देशन दिएको छ । यसरी गणना गर्दा आठ दिनभित्र परिणामबाहिर ल्याउने आयोगको योजना रहेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइसकेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment