आज आमनिर्वाचनका दिन कस्तो छ मौसम ?

०४ मंसिर, काठमाडौं । मंसिर ४ गते आइतबार आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान गर्ने दिन देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ । सोमबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न अनुरोध महाशाखाले गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment