भक्तपुरमा ट्यांकरको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

०३मंसिर, काठमाडौं । भक्तपुरमा पानी ट्यांकरको ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

शनिबार बिहान १० बजेतिर भक्तपुर नगरपालिका–२ झौखेलबाट ब्यासी आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको पानी ट्यांकरले ७ वर्षीय बालकलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ठक्करबाट रामेछाप सुनापाती गाउँपालिका–४ घर भई ब्यासी बस्ने रवीन्द्र तामाङका ७ वर्षीय छोरा विवेशको मृत्यु भएको परिसर प्रवक्ता डिएसपी राजु पाण्डेले बताए ।

उनका अनुसार सडकमा खेलिरहेका बेलामा बालकलाई ट्यांकरले ठक्कर दिएको थियो । ठक्करपछि गम्भीर घाइते भएका बालकको उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्यांकर चालक भक्तपुर नगरपालिका–९ कमलबिनायक बस्ने ४५ वर्षीय सिताराम पक्का नेवारलाई प्रहरीले नियन्त्रणमा जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment