डडेलधुरा क्याम्पसका कर्मचारी भट्टलाई निर्वाचन आयोगको स्पष्टीकरण

०२ मंसिर, डडेलधुरा । डडेलधुरा क्याम्पस डडेलधुरामा कार्यारत हेमा भट्ट अवस्थीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

क्याम्पसको पुस्तकालयमा कार्यरत भट्टले आफ्नो फेसबुक अकाउन्टमार्फत् राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परेर राष्ट्रिय सतर्कता केन्द्रमार्फत् आयोगमा लेखी आएकोले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ।

यस्तै, सोही दफाको खण्ड (ज) मा सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था छ।

आयोगले भट्टलाई राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गरेको होईन भन्ने आधार प्रमाण दिन भनेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment