प्रत्यक्ष तर्फको मतगणना मंसिर ७ सम्ममा सक्ने आयोगको तयारी छः प्रमुख निर्वाचन आयुक्त थपलिया

०१मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीको मत परिणाम मतदान भएको तीन दिनभित्र सक्ने तयारी गरेको छ।

आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त कुरा बताएका हुन्।

‘मंसिर ४ गते मतदान भएपछि त्यसको, ३ दिनभित्र अर्थाते ५, ६ र ७ गते बेलुकासम्ममा प्रत्यक्ष तर्फको मतगणना सक्ने तयारी आयोगले गरेको छ’, उनले भने, ‘त्यसपछिका ५ दिनभित्र समानुपातिकको मतगणना सक्ने र मंसिर २२ गते सम्पूर्ण काम सकेर राष्ट्रपतिसमक्ष सम्पूर्ण विवरणसहितको प्रतिवेदन पेश गर्न जानेगरी हामीले तयारी गरेका छौँ।’



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment