दोर्दी खोला जलविद्युतको आम्दानीसँगै नाफामा पनि गिरावट

०१मंसिर, काठमाडाैं । दोर्दी खोला जलविद्युत् कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफामा गिरावट आएको छ ।

असोज मसान्तसम्म कम्पनीको खुद नाफा ८३.८१ प्रतिशतले घटेर ७९ हजार ६४६ रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यस कम्पनीको नाफा ४ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीको कुल आम्दानी १ लाख ८३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा यस्तो आम्दानी १० लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

दोर्दीको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँ रहको छ । जगेडा कोषमा १ करोड ८५ लाख ४८ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी ३ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ७६ पैसा छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment