अमेजनबाट १० हजार कर्मचारी हटाउने अमेरिकी अखबारको दाबी

२९ कात्तिक, एजेन्सी । एक अमेरिकी अखबारले अमेजनले १० हजार कर्मचारीलाई हटाउन लागेको दाबी गरेको छ । यदि यस्तो भयो भने, यो कम्पनीको इतिहासमा सबैभन्दा ठूलो कटौती हुनेछ ।

यसै साताबाटै बर्खास्त गर्ने प्रक्रिया सुरु हुन सक्ने पत्रिकाले जनाएको छ ।

अमेरिकी अखबार न्युयोर्क टाइम्सको रिपोर्टलाई उद्धृत गर्दै बाहिरिएको यो समाचारले भ्वाइस असिस्टेन्ट एलेक्सा र मानव संसाधन विभाग जस्ता कम्पनीका धेरै व्यवसायमा यस्तो छटनी हुने बताएको छ ।

हालै सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर, मेटा र माइक्रोसफ्टले पनि ठूलो संख्यामा कर्मचारीलाई निकालेका छन् र अब यसमा ई–कमर्स कम्पनी अमेजनको नाम पनि जोडिएको छ ।

प्रतिवेदनमा भनिए अनुसार कम्पनीसँग सम्बद्ध एक व्यक्तिले पहिचान नखुलाउने शर्तमा कामदारको संख्यामा परिवर्तन हुन सक्ने जानकारी दिएका छन् । किनकि हरेक बिजनेस युनिटले जतिजति आफ्नो योजना पूरा गर्नेछन् त्यति नै तस्बिर स्पष्ट हुनेछ । तर यो संख्या १० हजारको आसपास हुनसक्नेछ ।

यो संख्या अमेजनका कुल कर्पोरेट कर्मचारीका लगभग ३ प्रतिशत हो र १५ लाखभन्दा बढीको विश्वव्यापी कर्मचारी भएको यो कम्पनीको १ प्रतिशत हिस्साभन्दा केही कम हो ।

महत्वपूर्ण छुट्टीको मौसमका बेला अमेजनको यो ‘कटअफ’ देख्न पाइन्छ र संकटतर्फ बढ्दै गएको विश्वव्यापी अर्थव्यवस्थामा कम्पनीको त्यो बिजनेस युनिटमा दबाब परेको छ जसमा खर्च बढी थियो र जसको डेलिभरी कम थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthPolitic
Comments (0)
Add Comment