निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुन्छ : प्रवक्ता महत

२८कात्तिक, काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दावी गरेका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रवक्ता महतले निर्वाचन पछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत दोहो¥याए ।

मुलुकलाई स्थिरतासहित सम्बृद्धिको दिशामा अघि बढाउन सत्तारुढ गठबन्धनको विकल्प नभएको उनको भनाई थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment