सूर्या लाइफको खुद बीमाशुल्क सवा एक अर्ब माथि, खुद नाफा पौने २१ करोड

२८कात्तिक, काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्स ले चालु आर्थिक वर्ष २०७९।८० को पहिलो त्रैमासमा खुद बीमाशुल्कसँगै खुद नाफामा पनि आकर्षक बढोत्तरी गरेको छ । समीक्षा अवधिमा कम्पनीले १३.३१ प्रतिशतले खुद बीमाशुल्क संकलन बढाउँदा नाफा ८२.५४ प्रतिशतले वृद्धि गरेको छ ।

असोज मसान्तसम्म कम्पनीले १ अर्ब २६ करोड ४९ लाख ५२ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा १ अर्ब ११ करोड ६४ लाख ८ हजार रुपैयाँ थियो ।

यस्तै असोज मसान्तसम्ममा कम्पनीले २० करोड ७३ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छट । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ३५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३२.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.९० गुणा रहेको छ । जगेडा कोषमा ७१ करोड २२ लाख ५७ हजार रुपैयाँ, बीमा कोषमा १४ अर्ब ९२ करोड ५६ लाख ५१ हजार रुपैयाँ र महाविपत्ती कोषमा १८ करोड १४ लाख ५४ हजार रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १२.७० प्रतिशतले बढ्दा जगेडा कोष २७.१२ प्रतिशतले घटेको छ । यस्तै बीमा कोष २९.६५ प्रतिशत, महाविपत्ति कोष ११.६२ प्रतिशत, बीमलेख धितो ६६.२० प्रतिशतले बढेको छ ।

असोजसम्म बीमालेख धितोमा २ अर्ब ७ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरी ५ करोड ३ लाख ८७ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट २८ करोड ५७ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको छ ।

असोज मसान्तसम्म कम्पनीले १ अर्ब ३२ करोड ४४ लाख ७८ हजार रुपैयाँ कुल बीमशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनले ४ लाख ९ हजार ५९३ वटा बीमलेख जारी गरेको छ ।

समीक्षा अवधिमा २ हजार ८९८ वटा दाबीको ३३ करोड ५४ लाख १० हजार रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले ३५ दाबीको ५३ लाख ६७ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

ग्त आवकाके पहिलो त्रैमाससमा कम्पनीले १ हजार ९१३ वटा दाबीको १९ करोड ३१ लाख रुपैयाँ दाबी भुक्तानी गर्दा १३५ दाबीको ५ करोड ५१ लाख ७६ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी थियो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment