कांग्रेसलाई ओलीको चुनौती: ढोडको बैशाखी होइन, एक्ला–एक्लै चुनाव लड्न आउ

२५कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई एमालेसँग एक्लै चुनाव लडेर देखाउन चुनौती दिएका छन्।

शुक्रबार धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादीलाई ढोडको बैशाखीसँग तुलना गरेका छन्। उनले कांग्रेसलाई ढोडको बैशाखीको सहारा नलिइकन एक्लै एमालेसँग चुनाव लड्नका लागि चुनौती दिएका हुन्।

साथै उनले देश विकासको सन्दर्भमा गठबन्धनको नेतृत्व गरेको कांग्रेसलाई बहसका लागि आउन आह्वान गरे।

उनले भने, ‘कांग्रेस ढोडको बैशाखी, सन्टीका बैशाखी बनाएर हिँड्या छ, चुनाव लड्न आवस न कांग्रेस हामीसँग। ठूलो पार्टी, पुरानो पार्टी हुँ भनेर फाँईफुँई गर्छ नि कांग्रेस। हामीसँग चुनाव लड्न आउ, एक्ला–एक्लै लडौं।’

कांग्रेस सभापति शेरबहादुर देउवाले धेरैपटक एमालेले सिध्याउँछ भन्ने गरेको स्मरण गराउँदै ओलीले भने, ‘‘धेरै नबुझे पनि यति चाहिँ बुझ्छ कांग्रेसले। एक्लै लड्न गयो भने कांग्रेसका पुराना सिङ पक्लक्क फुक्लिन्छन्।’



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment