गोरखाली मतदातालाई प्रचण्डको आग्रह: दिल खोलेर मतदान गर्नुहोला, अल्छी नगर्नुहोला

२५कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल खोलेर मतदान गर्न गोरखाका मतदातालाई आग्रह गरेका छन्।

शुक्रबार बिहान गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै प्रचण्डले जितिहालिन्छ भनेर सोच्ने नभइ दिल खोलेर मतदान गर्नुपर्ने बताए।

‘मन खोलेर, दिल खोलेर स्वागत गर्नुभएको देखेँ। तलबाट माथि उक्लिँदै गर्दा तपाईंहरुले बनाएको गेटहरु हेर्दै जाँदा। तपाईंहरुले जुन मनोविज्ञान र भावनाका साथ हामीलाई स्वागत गर्नुभयो, त्यो उच्च लाग्यो मलाई कुनै कृत्रिम गरेको जस्तो लागेन,’ प्रचण्डले भने, ‘दिल खोलेर स्वागत गरेजस्तै मतदान पनि दिल खोलेर गर्नुहोला। जितिहालिन्छ भनेर अल्छी कसैले पनि नगरिदिनु होला।’

प्रचण्डले मंसिर ४ गते सामान्य निर्वाचन मात्रै नभइरहेको भन्दै संविधानको रक्षा गर्ने र संवधान उल्ट्याउने बीचको जनमत संग्रह हुने टिप्पणी गरे।

‘मंसिर ४ गतेको निर्वाचन सामान्य निर्वाचन मात्रै हुँदै छैन। नेपाली जनताले झण्डै ७० वर्ष लडेर ल्याएको संविधान। महिलाको, दलितको आदिवासी जनजातिको, मजदुरको, किसानको, व्यवसायीको हक अधिकारलाई संस्थागत गर्ने संविधानको रक्षा गर्ने वा यसलाई उल्ट्याउने र फेरि देशलाई निरंकशुतातिर, अराजकतातिर जाने भन्ने बीचमा जनमत संग्रहजस्तो छ,’ प्रचण्डले भने, ‘मंसिर ४ गते जनमत संग्रह हुँदैछ। एकथरि मान्छेहरु गठबन्धन बनाएर राजालाई फेरि फिर्ता ल्याउनुपर्छ भन्ने पनि छन्।’

प्रचण्डले आगामी ५ वर्षभित्र गोरखाका सबै धूले बाटा (सडक)लाई पक्की सडक बनाउने आफ्नो पूरै तागत लगाउने आश्वासन पनि दिए।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment