सुनको मूल्य स्थीर, चाँदीमा सामान्य गिरावट

२४ कात्तिक, काठमाडाैं । कार्तिक २४ गते बिहीबार सुनको मूल्य स्थीर रहँदा चाँदीको भाउमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको मूल्य ९५ हजार ४०० रुपैयाँ, तेजावी सुन ९४ हजार ९०० र चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो दिन बुधबारको तुलनामा चाँदीको भाउ तोलामा दश रुपैयाँले घट्दा सुन भने स्थीर बनेको हो ।

हिजो बुधबार छापावाला सुन ९५ हजार ४०० रुपैयाँ, तेजावी सुन ९४ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १७१० डलर तथा चाँदी प्रतिऔंस २१.१४ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment