मन्त्री थापाको निधनको शोकमा प्रदेश १ मा आज सार्वजनिक बिदा

२४कात्तिक, मोरङ । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा प्रदेश १ मा आज (बिहीबार) सार्वजनिक बिदा दिइएको छ। मन्त्री थापाको बुधबार निधन भएपछि प्रदेश १ सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव अर्जुन निरौलाले मन्त्री थापाको निधन भएको शोकमा सार्वजनिक बिदाका साथै राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको जनाएका छन्।

डेंगु संक्रमण भएका ५६ वर्षीय मन्त्री थापाको बुधबार नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि उनी मोरङ क्षेत्र नम्बर ३ प्रदेश सभा १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार थिए।

थापाको निधन भएपछि निर्वाचन आयोगले मोरङ क्षेत्र नम्बर ३, प्रदेश सभा १ को चुनावी कार्यतालिका परिवर्तन गरेको छ। जसअनुसार आज (बिहीबार)का लागि उम्मेदवारहरुको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment