आशा लघुवित्तले सेयरधनीमा थप्यो निराशा

२३कात्तिक, काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्था (ALBSL) ले आफ्ना सेयधनीमा निराशा थप्ने वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यसअघि राम्रो प्रगति गर्दै आएको कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा चालु आवमा ६३।७५ प्रतिशतले घटेपछि सेयरधनी निराश भएका हुन् । आशाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा १ करोड ८६ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीको नाफा गत आवको सोही अवधिमा ५ करोड १३ लाख ४० हजार रुपैयाँ थियो ।

पहिलो त्रैमासमा लघुवित्तको वितरण योग्यनाफा १ करोड ५ लाख ३९ हजार रुपैयाँ छ ।

वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचाङ्कहरु घटेका छन् । जगेडा कोष २४.६८ प्रतिशत घटेको कम्पनीको खुद ब्याज आम्दानी ३८.४५ तथा र सञ्चालन नाफा ६३.६९ प्रतिशतले घटेको छ ।

असोजसम्म ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १० करोड ५१ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी ६ करोड ५९ लाख १४ हजार रुपैयाँ तथा २ करोड ६५ लाख ८९ हजार रुपैयाँ सञ्चालन नाफा रहेको छ । खराब कर्जा अनुपात बढेर ४.६५ प्रतिशत पुगेको लघुवित्तले इम्पेयरिमेन्ट चार्ज बापत ५२ लाख ९ हजार रुपैयाँ छुट्याएको छ ।

असोज मसान्तसम्म लघुवित्तीय संस्थाले १ अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापट लिएर ४ अर्ब ९७ करोड ७४ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप २७.४६, सापट ९.१३ र कर्जा १४.९५ प्रतिशतले बढेको छ ।

नाफामा आएको उच्च गिरावटले आशाको वार्षिक प्रतिसेयर आम्दानी ३९.२० रुपैयाँले घटेर २२.३० रुपैयाँमा झरेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १९२.६६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मुल्य १५४९ रुपैयाँ, कष्ट अफ फन्ड १०.७६ प्रतिशत, आधारदर १५.४५ प्रतिशत, मूल्य आम्दानी अनुपात ४०.९० गुणा छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment