उपकार लघुवित्तको खुद नाफा ४३ लाख, मूल्य आम्दानी अनुपात १२२ गुणा बढी

२३कात्तिक, काठमाडाैं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमासमा ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा आजृन गरेको छ ।

गत आवको सोही अवधिमा ४१ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको नाफामा ३.८९ प्रतिशतको वृद्धि भएको हो ।
वित्तीय विवरण अनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २६.१९ रुपैयाँ रहेको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीको इपिएस ३९.३८ रुपैयाँ थियो ।

चुक्ता पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषको आकार ३४.१३ प्रतिशत बढेर १७ करोड ६२ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म संस्थाले १ अर्ब ५ करोड ७० लाखनिक्षेप संकलन तथा बैंक वित्तीय संस्थाबाट ८६ करोड ७४ लाख रुपैयाँ सापटी लिएर २ अर्ब १८ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी विस्तार गरेको छ । समीक्षा अवधिमा करिब २७ प्रतिशत निक्षेप संकलन बढाएको कम्पनीले करिब १५ प्रतिशतले कर्जा बढाएको छ ।

असोज ससान्तसम्म खुद ब्याज आम्दानी पनि १५.४९ प्रतिशत बढेर ३ करोड ५५ लाख रुपैयाँ पुगेको लघुवित्तले ११ लाख रुपैयाँ राइट ब्याक गर्दा सञ्चालन नाफा ५६ लाख ६३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४ करोड ९४ लाख कर्जानोक्सानी व्यवस्था गर्दा सञ्चालन नाफा ३ करोड ४३ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको थियो ।

लघुवित्त संस्थाको निष्कृय कर्जा अनुपात २.७९ प्रतिशत, प्रतिसेयर नेटवर्थ ३५८.७० रुपैयाँ, कष्ट अफ फण्ड १०.०२ प्रतिशत, प्रतिसेयर कुल सम्पत्ति मूल्य ३६०९.४२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२२.४१ रुपैयाँ छ ।



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment