कात्तिक २५ गते काठमाडौंमा राप्रपाको चुनावी सभा 

२३कात्तिक, काठमाडौं । राप्रपाले काठमाडौंको बसन्तपुरमा कात्तिक २५ गते उपत्यकास्तरीय चुनावी सभा आयोजना गर्ने भएको छ। उक्त आमसभालाई पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरुले सम्बोधन गर्ने भएका छन्।

आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उमेदवारहरुले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रमसमेत रहेको छ।

देशका १४२ प्रतिनिधि सभा र २८६ प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएको राप्रपा सबैभन्दा बढी उमेदवार उठाउने एमाले पछिको दोस्रो दल हो।

राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावी सभा गरिसकेको छ। राप्रपाले कात्तिक २४ गते एकदिन मै ६ वटा सभाको आयोजना गर्ने भएको छ।

अध्यक्ष लिङ्देन र पूर्व अध्यक्ष पशुपतिशमशेर जबराले सिन्धुपाल्चोक, सिन्धुली, सिराहा, मकवानपुर, उदयपुर र सुनसरीको धरानमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन्।

यथास्थितिमा परिवर्तनको नारा दिएर राप्रपाले मतलाई मनसँग जोड्न मतदातासँग मत मागिरहेको छ। अध्यक्ष लिङ्देन झापा क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्य पदका उमेदवार छन्। अध्यक्षको झापाको चुनावी अभियानलाई दृष्टिगत गर्दै अन्य जिल्लामा चुनावी सभा तय गरिएको र कात्तिक २९ गतेसम्म चुनावी सभा गरिने राप्रपाले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNews
Comments (0)
Add Comment