मगंलबार सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य स्थिर

२२कात्तिक, काठमाडाैं । कात्तिक २२ मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

साताको सुरुवातमा प्रतितोला ९४ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य हिजो २ सय र आज ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सनको मूल्य ९४ हजार र तेजावी सुनको मूल्य ९३ हजार ५ सय रहेको छ ।

यसैगरी आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रति औंस १६७० डलर तथा चाँदी प्रतिऔंस २०.६३ डलर हाराहारीमा कारोबार भैरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNewsPolitic
Comments (0)
Add Comment