इष्टर्न हाइड्रोपावरको आईपीओ अधिकतम २१६ रुपैयाँसम्म खुल्ने

२१कात्तिक, काठमाडाै । इष्टर्न हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अधिकतम २१६.९९ रुपैयाँसम्म पहिलो कारोबार खुल्ने देखिएको छ ।

कम्पनीको आह्वानपत्रमा प्रकाशित आव २०७७।७८ को वास्तविक प्रतिसेयर नेटवर्थका आधारमा न्यूनतम ७२.३३ देखि अधिकतम २१६.९९ रुपैयाँसम्म पहिलो कारोबार खुल्नेछ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हरेक कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ्ग मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ ७२.३३ रुपैयाँ रहेकोले उक्त रेञ्जमा नै कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ ।

कम्पनीको धितोपत्र हाल नेप्सेमा सूचीकरण हुने प्रक्रियामा छ । कम्पनीको आईपीओ कार्तिक १७ गते बिहीबार बाँडफाँड भएको थियो । जसमा कुल १३ लाख ५८ हजार २२० जनाले आवेदन दिएकामध्ये ६२ हजार ५१९ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । आईपीओ खरिदका लागि परेको १ हजार ९९६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी रहेको ६ लाख २३ हजार २८९ कित्ता र कर्मचारीलाई छुट्याइएको सेयरमा आवेदन नपरेको सेयर गरी कुल ६ लाख २५ हजार १९० कित्ता सेयर सर्वसाधारणमा बाँडफाँड गरिएको हो ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुरमै १४.१० मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment