उत्तर कोरियामाथि दक्षिण कोरियाको जवाफी कारबाही, मिसाइल प्रहार

१६ कात्तिक, काठमाडाैं । उत्तर कोरियाको आक्रमणको जवाफमा बुधबार दिउँसो दक्षिण कोरियाले हावाबाट सतहमा मार हान्ने तीनवटा मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको तीन घण्टापछि प्रहार गरिएको क्षेप्यास्त्र उत्तरी सीमा रेखाबाट केही टाढा खसेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् ।

यो रेखाले दुई देशबीच समुद्रलाई अस्पष्ट रूपमा विभाजन गर्दछ । तर, उत्तर कोरियाले यो सीमा रेखालाई स्वीकार गर्दैन । यसअघि उत्तर कोरियाले एकपछि अर्को दश मिसाइल प्रहार गरेको थियो जसमध्ये एउटा मिसाइल दक्षिण कोरियाको सामुद्रिक सीमा रेखाबाट केही टाढा खसेको थियो ।

दक्षिण कोरियाले उत्तर कोरियाको क्षेप्यास्त्र दक्षिण कोरियाको जलक्षेत्र नजिक खसेको यो पहिलो पटक भएको बताएको छ । दक्षिण कोरियाका शीर्ष अधिकारी केङ शिन–चुलले उत्तर कोरियाबाट प्रहार गरिएको क्षेप्यास्त्र ‘अत्यन्तै अनौठो र अस्वीकार्य’ भएको बताएका छन् किनभने उनका अनुसार यो दक्षिण कोरियाको सीमा नजिकै खसेको थियो ।

यी मिसाइल प्रहार गर्नुअघि उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाबीच चलिरहेको वायु सेना अभ्यास रोक्न भनेको थियो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment