राप्रपाको घोषणापत्र सार्वजनिक, यस्ता छन् कार्यक्रम (पूर्णपाठसहित)

१४ कार्तिक, काठमाडौं । राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज (सोमबार) काठमाडौंको थापागाउँमा रहेको एक ब्यांक्वेटमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गरिएको हो ।

राप्रपाले ०४६ साल यता राज्यका उच्च पदमा पुगेका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने बताएको हो । त्यसरी छानबिन गरी अवैध ठहर भएको जति जफत गर्नका लागि कानुन ल्याउने विश्वास दिलाएको छ ।

उसले घोषणापत्रको मूख्य नारा भने ‘यसपालिको भोट–राप्रपाको हलो छापमा, नेपालको निर्णायकत्व नेपालीको हातमा’ राखेको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा नेताहरु डा. प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरालगायतको उपस्थिति थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment