‘डा.कार्की चुनावमा,निर्वाचन आयोग षड्यन्त्रमा’भन्दै समर्थक माइतीघरमा

१४ कात्तिक, काठमाडौं । आसन्न मंसिरमा हुने निर्वाचनका लागि ललितपुर–३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकी डा.तोसिमा कार्कीका समर्थक विरोधमा उत्रिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी कार्कीका समर्थकले निर्वाचन आयोगले गरेको उनको उम्मेदवारी खारेजीको निर्णयका विरुद्ध आज माइतीघर मण्डलामा विरोध र्याली निकालेका हुन् ।

उनीहरुले ‘राजनीतिक फोहोरी खेल गर्न पाइदैन’, ‘जनताको चाहना युवा नेतृत्व निर्वाचन आयोग बन्देज नगर’, ‘अबको नेतृत्व युवाको’,‘परिवर्तनको पक्षमा उभिने हिम्मत गरौं’, ‘हामीलाई न्याय चाहियो, डा.कार्कीलाई आयोगले अन्याय दियो’लेखिएका प्लेकार्ड बोकेरमा विरोध जनाएका थिए ।

सार्वजनिक पदमा बसेर लाभ लिइरहेका व्यक्तिले राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको हो । उनी नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन् ।

कार्कीले उम्मेदवारी खारेजविरूद्ध आजै सर्वोच्च अदालत जाने भएकी छिन् ।



मल्टिमिडिया ग्यालरी

business NewsCoronavirusCovid19digital khabardigitalkhabarDoctoreducation NewselectionElection CommissionElevtion NewshealthHealth NewsHimalayanInternationalinternational newsKathmanduLocal Election NewsMount EverestnepalNewsNIC AsiaPoliticPrime MinisterSher Bahadur DeubaTosima KarkitourismtouristVaccineVoteWeatherWorld Economics News
Comments (0)
Add Comment