ट्वीटर अन्ततः एलन मस्कको स्वामित्वमा, सीईओको जागिर चैट !

११ कार्तिक, काठमाडौं । विवाद, विभिन्न मोड, असहमतिका बावजुद अन्ततः छ महिनापछि आधिकारिक रूपमा माइक्रोब्लगिङ प्लेटफर्म ट्वीटर एलन मस्कको भएको छ । विभिन्न रणनीतिहरू अपनाउँदै टेस्ला तथा स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले ट्वीटरलाई निजी कम्पनीका रूपमा रूपान्तरण गरेका छन् ।

योसँगै मस्कले ट्वीटरका प्रमख कार्यकारी अधिकृत पराग अगवाल, प्रमुख वित्तीय अधिकृत नेड सेगल लगायत शीर्ष तहका कर्मचारीलाई बर्खास्त गरेका छन् । हामीले यहाँ एलन मस्कले छ महिनाको अवधिमा के कस्ता रणनीति अपनाएका थिए भन्ने विषयमा जानकारी दिएका छौँ ।

ट्वीटरमा सर्वाधिक रुचाइएका प्रयोगकर्ता एलन मस्कले सबैभन्दा पहिले आफू ठूलो लगानीकर्ता बन्ने हिसाबले ट्वीटरको शेयर खरिद गरे । त्यसपछि कम्पनीले मस्क बोर्ड अफ डिरेक्टरमा सहभागी हुनेछन् भन्ने घोषणा गर्‍यो । तर, मस्क उक्त बोर्ड उ डिरेक्टरमा सहभागी भएनन् ।

ट्वीटरको सम्पूर्ण शेयर खरिद गरेर उक्त कम्पनी आफ्नो स्वामित्वमा लिन चाहेका मस्कले १०० प्रतिशत शेयर खरिद गर्ने योजना बनाए । त्यसबेला प्रति शेयरको मूल्यभन्दा केही बढी रकम अर्थात प्रति शेयर ५४.२० डलरमा खरिद गर्ने घोषणा गरे । ट्वीटरले एलन मस्कको अफर स्वीकार गर्‍यो र त्यही अनुसारको कानूनी प्रक्रिया अगाडि बढायो । तर, यो सम्झौता त्यति सहजै अघि बढ्ने तरखरमा थिएन ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepal
Comments (0)
Add Comment