साढे ७६ अर्बको धितोपत्र सूचीकृत, साढे ८ अर्बको निष्कासन अनुमति

०४ कार्तिक, काठमाडाैं । धितोपत्र बजारमा आर्थिक वर्ष २०७९/८० को दुई महिनामा कुल ७६ अर्ब ६२ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् भने यस अवधिमा कुल ८ अर्ब ५२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

यस अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३५ अर्ब बराबरको विकास ऋणपत्र, २३ अर्ब ४४ करोड बराबरको डिबेन्चर, ८ अर्ब ३१ करोड बराबरको बोनस सेयर, ५ अर्ब ३९ करोड बराबरको साधारण सेयर, ३ अर्ब २७ करोड बराबरको म्युचुअल फण्ड र १ अर्ब २१ करोड बराबरको हकप्रद सेयर गरी कुल ७६ अर्ब ६२ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।

समीक्षा अवधिमा पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले कुल ८ अर्ब ५२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । जसमध्ये ४ अर्ब २४ करोड बराबरको डिबेन्चर, ३ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, ९५ करोड बराबरको हकप्रद सेयर र १८ करोड बराबरको साधारण सेयर रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment