बीवाइडी एटो ३ शनिबार पोखरामा सार्वजनिक हुँदै, ३ लाखमै बुकिङ गर्न सकिने

०३कार्तिक, पोखरा । विश्व बजारमा तीव्र गतिमा विक्री बढाउँदै लगेको प्रिमियम एसयूभी एटो ३ शनिबार पोखरामा सार्वजनिक हुने भएको छ । बीवाइडीको पोखराको लागि आधिकारिक बिक्रेता प्लगइन अटोमोबाइल्सले एटो ३ पोखरामा सार्वजनिक गर्न लागेको हो ।

प्लगइन अटोमोवाइल्सले बीवाइडीको एक्सुसिलिभ शोरुम पनि शनिबारबाटै संचालनमा ल्याउने भएको छ । चिनियाँ चर्चित ब्राण्ड बीवाइडीको एटो ३ लाई बहुप्रतीक्षित प्रिमियम एसयुभी मानिन्छ ।

पोखरामा रहेका कर्पाेरेट क्षेत्रका लिडर, सामाजिक व्यक्तित्व र सञ्चारकर्मीका बीच सार्वजनिक हुन लागेको एटो ३ को आइतबारदेखि बुकिङ खुला हुने कम्पनीले जनाएको छ । ८९ लाख ९० हजार पर्ने एटो ३ को तीन लाख रुपैयाँ तिरेर बुकिङ गर्न सकिने प्लगइन अटोमोबाइल्सका प्रबन्धक कृष्ण काफ्लेले जानकारी दिए ।

नेपालका लागि बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले गत शनिबार एटो ३ काठमाडौंमा सार्वजनिक गरेको थियो । त्यसपछि नक्सल र अनामनगर शोरुमबाट एटो ३ को बुकिङ सुरु भइसकेको छ । काठमाडौं बाहिर पोखरामा पहिलो पटक एटो ३ सार्वजनिक हुन लागेको हो ।

आकर्षक फिचर र लक्जरी सुविधाका कारण विश्व बजारमा लोकप्रिय भएको एटो ३ नेपाली उपभोक्ताहरुको मन पनि छिटै जित्ने विश्वास कम्पनीले लिएको छ । साइमेक्स इंकले एटो ३ को ब्राण्ड एम्बास्डर कलाकार हरिवंश आचार्यलाई बनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा एटो ३ मा ५० र ६०.५ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध छ । अहिले नेपालमा लङ रेन्जन मोडल मात्रै उपलब्ध छ । बीवाइडीको चर्चित ब्लेड ब्याट्री यसमा दिइएको छ ।

एटो ३ एकपटक फुलचार्ज गर्दा ४ सय २० किलोमिटर चलाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । एटो ३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम पाउन सकिन्छ ।

त्यसैगरी, डिजिटल इन्ट्रुमेन्ट कन्सोल, अटोमेटीक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, ७ वटा एयरब्याग, एड्भान्स ड्राइभर असिस्टेन्ट सिस्टम लेभल २ जस्ता फिचर पाउन सकिन्छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment