विश्व बजारमा डलर बलियो हुँदै गर्दा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर

०३ कार्तिक, काठमाडाैं । विश्वव्यापी मुद्रा अमेरिकी डलरको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको हो ।

पछिल्लो समय डलरको भाउले दैनिक नयाँ कीर्तिमान बनाउँदै आएको छ। अमेरिकी डलरको भाउ फेरि बढेर सर्वाधिक महँगो हूँदा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो। भारू र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएका कारण भारू अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको हो। भारतीय मुद्रा अन्य मुद्रासँग बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ र कमजोर हुँदा कमजोर हुने गर्छ

नेपाल राष्ट्र बैंकका अनुसार आज कात्तिक ३ गते विहीबारका लागि एक डलरको बिक्रीदर १३३ रुपैयाँ १४ पैसा र खरिददर १३२ रुपैयाँ ५४ पैसा तोकेको छ ।
यो भाउ हालसम्मकै उच्च हो । यसको मतलब नेपाललली एक अमेरिकी डलर साट्नुपर्दा १३३ रुपैयाँभन्दा बढी नेपाली रुपैयाँ खर्चनुपर्ने भएको हो ।

बुधबार १ डलरको बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा र खरिददर १३१ रुपैयाँ ४८ पैसा थियो ।

धेरै देशमा आर्थिक मन्दी आएको कारण पनि डलरको सञ्चिति बढाउँदा डलरको माग बढेका छ। यसले भाउ बढाएको हो।

यस्तै बिहीबारका लागि युरो एकको खरिद दर १२९ रुपैयाँ ६५ पैसा र बिक्री दर १३० रुपैयाँ २४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४९ रुपैयाँ १९ पैसा र बिक्री दर १४९ रुपैयाँ ८६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabarNewsPolitic
Comments (0)
Add Comment