राजु गुरुङको मुद्दामा सुनुवाइको पालो आउनै मुस्किल

०२ कार्तिक, काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवारी खारेज भएपछि सर्वोच्च अदालतमा रिट लिएर आएका सत्ता गठवन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको मुद्दा पेसी संयुक्त इजलासमा अन्तिममा तोकिएको छ।

गोलाप्रथाद्वारा तोकिएको पेसी १० नम्बर इजलासको ‘श’ नम्बरमा रहेको छ। उनको रिटभन्दा माथि २८ थान बढी मु्द्दा रहेका छन्।

अन्तिममा पेसी पर्दा उक्त मुद्दा सुनुवाइ हुन पालो आउने सम्भावना न्यून देखिन्छ। न्यायाधीशद्वय शुष्मालता माथेमा र कुमार रेग्मीको इजलासमा पेसी गोलाबाट तोकिएको हो।

यसअघि विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेजी गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

एकल इजलासले कात्तिक २ गते दुवै पक्षलाई छलफलमा बोलाएको थियो। सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आफ्नो निर्णय सच्चाउँदै उनको उम्मेदवारी कायम गरेको थियो।

बुधबार दुवै पक्षको बहसपछि कायम गर्ने कि नगर्ने विषयमा निर्णय हुने थियो। निर्वाचन आयोग र निवेदक दुवैको कुरा सुनेर जारी हुने आदेशले गुरुङले निर्वाचन लड्न पाउने किन नपाउने निर्णय हुने थियो।

उक्त क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार रहेका छन्। गुरुङको उम्मेदवारी खारेज हुँदा पौडेललाई सहज हुने देखिन्छ।

रेग्मी तिनै न्यायाधीश हुन् जसको इजलासमा ऋषिराम कट्टेलको मुद्दामा नेकपा एमाले र माओवादी अलग–अलग हुने गरी फैसला भएको थियो। नेकपाको नाम विवादमा रेग्मी नेतृत्वको इजलासले कट्टेलको दाबी सदर हुने निर्णय गरेको थियो। उक्त निर्णयपछि अल्पमतमा रहेका केपी शर्मा ओली एमाले ब्यूताउँदै शक्तिशाली भएका थिए।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19nepalNewsPolitic
Comments (0)
Add Comment