पिपुल्स पावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

२८ असाेज, काठमाडाैं । पिपुल्स पावर लिमिटेडले सेयर रजिष्ट्रार चयन गरेको छ । कम्पनी सञ्चालक समितिको निर्णयले प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार चयन गरिएको हो ।

यससँगै अब पिपुल्स पावरको सेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिल खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाण्डौंले गर्नेछ ।

पिपुल्स पावरले बिहीबार मात्रै ६२ लाख २६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेको ६ लाख ३२ हजार ६०० कित्ता, सर्वसाधारण सेयरधनीहरुलाई बिक्री गरिएको २४ लाख ६७ हजार ४०० कित्ता गरी ३१ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३२ लाख २६ हजार कित्ता सहित कुल ६३ लाख २६ हजार कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत गराएको हो ।

पिपुल्स पावरको सेयर कारोबारका लागि नेप्सेले पीपीएल कारोबार संकेत प्रदान गरेको छ । कम्पनीको तोकिएको कारोबार संकेतमा आइतबारदेखि धितोपत्र कारोाबारमा आउनेछ । पिपुल्स पावरको सेयरलाई नेप्सेले पहिलो कारोबारका लागि न्युनतम ९४.९६ रुपैयाँदेखि अधिकतम २८४.८८ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई साउन ३१ गतेदेखि भदौ ५ गते प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री गरेको थियो । सो मध्ये २२ लाख ९४ हजार ६८२ कित्ता सेयर भदौ १२ गते सर्वसाधारणमा बाँडफाँड भएको थियो ।

बाँडफाँडमा २ लाख २९ हजार ४६८ जनाले गोलाप्रथाबाट १० कित्ता र त्यसमध्ये २ जनाले थप १र१ कित्ता सेयर पाएका थिए । बाँकी ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment