सिटिजन्स बैंकको ९% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२७ असाेज, काठमाडाैं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २८ गते शुक्रबार बुकक्लोज गर्दैछ ।

यसअनुसार असोज २७ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन र लाभांश पाउनेछन् ।

लाभांश पारित गर्न सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कात्तिक ४ गते १६ औं वार्षिक साधारण सभा डाकेको छ । असोज १२ गते सम्पन्न सञ्चालक समितिको ४०४ औं बैठकले कार्तिक ४ गते शुक्रबार बिहान ११ः०० बजे अमृृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाण्डौमा आह्वान गरेको छ ।

सिटिजन्स बैंक लाभांश घोषणा गर्ने र साधारण सभा डाक्नेमा पहिलो हो । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पहिले लाभांश घोषणा गरेको सो बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको नगद लाभांश पारित गरी वितरण गर्ने उदेश्यका साथ तिहार अघि नै साधारण सभा डाकेको हो ।

बैंकले गत आव २०७८।७९ बाट चुक्ता पुँजीको ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सिटिजन्स बैंकको असोज ६ गते सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँको ९ प्रतिशतले हुन आउने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद दिने प्रस्ताव गरेको हो ।

सभामा बैंकले सेयर संरचना मिलाउने प्रस्ताव पनि लैजाँदैछ । सिर्जना फाइनान्स तथा तिनाउ मिसन डेभलपमेन्ट बैंक प्राप्तीका बखत सेयर संरचनामा दशमलव पछिका केही अंक मिलाउनुपर्ने भएकाले बैंकले सो एजेण्डा पनि सभामा लैजाँदैछ ।

यस्तै सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको एकीकृत वासलात र नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह स्वकीृत गर्नेछ ।

सभाबाट प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित हुनेछ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment