घनश्यामले पाए त्रिभुज

२७ असाेज, काठमाडौं । सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले त्रिभुज चुनाव चिह्न पाएका छन् । जिल्लाबाट सिफारिस भएर पनि एमाले नेतृत्वले टिकट नदिएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका भुसालले त्रिभुज चिह्न पाएका हुन् ।

उनले निर्वाचन आयोगबाट आफूले त्रिभुज चुनाव चिह्न पाएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । चुनावचिह्न पाएपछि उनले लोकतन्त्र, सामाजिक न्याय र विकासको संगम त्रिभुज चुनाव चिह्न प्राप्त भएको उल्लेख गरेका छन् । सो क्षेत्रमा एमालेले छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19healthnepalPolitic
Comments (0)
Add Comment