मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

१४ असाेज, काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिका–६, घट्टेकुलोमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

बिहीबार साँझे साढे पाँच बजेतिर भीमढुङ्गाबाट रामकोटतर्फ छुटेको बा.प्र ०२–०२८ प ८८२१ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका पैदलयात्री नागार्जुन–६ का अन्दाजी ३५-४० वर्षका कृष्ण गिरिलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भी घाइते गिरिलाई उपचारका लागि मनमोहन अस्पताल स्वयम्भू पठाइएकोमा उपचारका क्रममा राति ८ बजेतिर मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ठक्करब दिने मोटरसाइकल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा रहेपनि त्यसका चालक नागार्जुन–८ का २१ वर्षीय समिर तामाङ भने फरार रहेको प्रहरीले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment