ट्राफिक प्रहरीको विशेष चेकिङ, बढी भाडा लिने ४२ जना पक्राउ

१३ असाेज, काठमाडौं । चाडपर्वको मौका छोपी यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिने ४२ जनालाई ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट पक्राउ गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कोटेश्वरबाट ८ जना, बल्खुबाट १२ जना, नयाँ बसपार्कबाट ८ जना, माछापोखरीबाट ६ जना र कलंकीबाट ८ पक्राउ परेका हुन्।

यात्रुहरुलाई तोकिएको भन्दा बढी भाडा लिने, अनावश्यक हैरानी दिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिविधिमा संलग्न उनीहरूलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वर, प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग गोंगबु बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment