सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

१२ असाेज, काठमाडाैं । सुनको भाउ असोज १२ गते बुधबार तोलामा २०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ ५ रुपैयाँले घटेको छ ।

मंगलबार सुन तोलामा ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज १२ गते बुधबार छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ६०० रुपैयाँ र तेजावी सुनको भाउ ९१ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै चाँदी सोमबार चाँदीको भाउ १ हजार १४५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो मंगलबार सुन तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन ९१ हजार ४०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ९०० रुपैयाँ र चाँदीको भाउ १० रुपैयाँ घटेर प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घटेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६२५ डलर तथा चाँदी प्रतिऔंस १८.१८ डलर हाराहारीमा कारोबार भैरहेका छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthNewsPolitic
Comments (0)
Add Comment