जेरार्डसँगको ११ वर्षसम्मको रिलेशनशिपबाट अलग भएपछि पहिलो पटक बोलिन् शकिरा, भनिन् ‘मलाई सहित मेरा बच्चालाई धेरै गाह्रो थियो’

१० असाेज, एजेन्सी । स्पेनिस फुटबल खेलाडी जेरार्ड पिके सँगगायिका शकिरा अलग भउका छन् । यो जोडीका २ सन्तान छन् । यो जोडी अलग भएपछि खुबै चर्चा भएको अलग भएको केही समय पछि शकिरा यसबारे कुरा गर्न गाह्रो छ भएको बताएकी छन् ।

यो मेरो लागि मात्र नभई मेरा बच्चाहरूका लागि पनि गाह्रो भएको छ । अविश्वसनीय रूपमा गाह्रो छ उनले भनिन् । शकिरा र जेरार्ड पिके ११ वर्षसम्म रिलेशनशिपमा थिए । यही वर्षको जुनमा उनीहरु दुवैले अलग भएको घोषणा गरेका थिए ।

नियमित परिवार जस्तै पार्कमा हिड्न वा आइसक्रिम लिन र हामी पछाडिका पापाराजीहरूले केही गतिविधि गर्छन्, यो हुन सक्दैन । त्यसैले थप गाह्रो भएको उनको भनाइ छ ।

यद्यपि, उनी आफ्ना बच्चाहरूलाई सम्बन्धविच्छेद र मिडिया कभरेजबाट टाढा राख्न सक्दो प्रयास गर्दै आएकी बताएको छिन् । विश्वभर करोडौ फ्यान कमाउकी उनले संगीत उद्योगमा छुट्टै छाप छोडेकी छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabar
Comments (0)
Add Comment