कतार एयरवेजलाई ‘एयरलाइन अफ द इयर’ अवार्ड

१० असाेज, एजेन्सी । कतार एयरवेजले सातौं पटक ‘एयरलाइन्स अफ द इयर’ अवार्ड जितेको छ । एयरलाइन्सले विश्वकै उत्कृष्ट बिजनेस क्लास, लाउन्ज डाइनिङ र मध्यपूर्वको उत्कृष्ट एयरलाइनको अवार्ड पनि जितेको छ ।

सन् २०२२ मा एयरलाइनले आफ्नो २५ औं वार्षिकोत्सव मनाइरहेको बेला अन्तर्राष्ट्रिय हवाई यातायात रेटिङ संस्था स्काईट्रेक्सले सातौं पटक एयरलाइन अफ द इयर को उपाधि दिएको हो ।

लण्डनमा आयोजित एक भव्य समारोहमा अवार्ड हस्तान्तरण गरियो । कतार एयरवेजले सन् २०११, २०१२, २०१५, २०१७, २०१९, २०२१ र अहिले २०२२ मा एयरलाइन अफ द इयर को उपाधि जितेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthHydropoweripoLockdownnepalNewsPoliticRastriya Banijya Bank
Comments (0)
Add Comment